एकै पटक जन्माइन् १० सन्तान
दक्षिण अफ्रिका । दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएकी छन्। एकै पटक सर्वाधिक बच्चा जन्मिएको यो नयाँ कीर्तिमान हुन सक्ने बताइएको छ।
गोसियामे थमारा सिथोलेका पतिका अनुसार पहिला स्क्यान गर्दा गर्भमा आठ वटामात्र बच्चा देखिएको थियो।
तर १० वटा जन्मिँदा आफू छक्क परेको उनले बताए।
ूसात छोरा र तीन छोरी छन्। म खुसी छु, म भावुक भएको छु। म धेरै कुराकानी गर्न सक्दिनँ,ू बच्चा जन्मिएपछि टेबोहो सोतेत्सीले प्रिटोरीआ न्यूजलाई बताए।
सैँतीस वर्षीया सिथोले पहिले पनि जुम्ल्याहा बच्चा जन्माएकी थिइन्। उनीहरू अहिले छ वर्षका भए।
गर्भवती भएको २९ सातामा सोमवार साँझ शल्यक्रिया गरेर ती बच्चालाई जन्म दिएपछि उनको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ।
दक्षिण अफ्रिकी अधिकारीहरूले एकै पटकमा १० वटा बच्चा जन्मिएको पुष्टि गरे।
गिनिज वर्ल्ड रेकर्ड्सले सिथोलेको विषयमा अनुसन्धान गरिरहेको बताएको छ।
सन् २००९ मा अमेरिकामा एउटी महिलाले एकै पटकमा आठवटा बच्चा जन्माएकी थिइन्। एकै पटक धेरै बच्चा जन्माएर बाँच्न सफल व्यक्तिको गिनिज वर्ल्ड रेकर्ड अहिले उनकै नाममा रहेको छ।
तर गत महिना मात्र मालीकी २५ वर्षीया हालिमा सिसेले नौवटा बच्चालाई जन्म दिएकी थिइन्।,
धेरै भ्रूण भएको गर्भ प्रायः खेर जाने गरेको बताइन्छ
मोरक्कोको क्लिनिकमा उनी अहिले राम्रो स्वास्थ्य अवस्थामा रहेको बताइएको छ।
धेरै बच्चाहरू भएको अधिकांश गर्भ अपरिपक्व अवस्थामै अन्त्य हुने गरेको बीबीसी अफ्रिकाका स्वास्थ्य संवाददाता रोडो ओडियाम्बो बताउँछिन्।
एकै पटकमा तीन वटाभन्दा बढी बच्चा जन्मिने घटना दुर्लभ हुन्छन्।
प्रायस् सन्तान उत्पादनसम्बन्धी उपचार गराएका व्यक्तिले बच्चा जन्माउँदा मात्र त्यस्ता घटना हुने गरेको पाइन्छ। तर यो घटनामा ती दम्पतीले प्राकृतिक रूपमै गर्भाधान गरेका थिए।
उनले स्वस्थ्य रूपमा बच्चा जन्माउन प्रार्थना गरेकी र कस्तो होला भन्ने चिन्तामा कैयौँ रातहरू कटाएको पनि बताएकी थिइन्।
ूउनीहरू कसरी गर्भमा अटाउलान्रु के उनीहरू बाँच्लान्रुू उनी आफैँसँग भन्ने गर्थिन्। तर चिकित्सकहरूले गर्भाशय फैलिरहेको पुनस् सुनिश्चित गराएका थिए।
उनको गर्भमा आठवटा भ्रूण रहेको ठानिएको थियो त्यसबेला सिथोलेले गोडामा दुखाइ अनुभव गरेकी थिइन्।
चिकित्सकहरूले आठमध्ये दुई भ्रूण गलत स्थानमा रहेको पाएका थिए।
ूत्यसलाई समाधान गरिएको थियो र त्यसपछि म ठिक थिएँ। म मेरा बच्चा पर्खिन सक्दिनँ,ू त्यस बेला उनले उक्त पत्रिकालाई भनेकी थिइन्।
यसअघि एकै पटकमा नौ जना बच्चा जन्मिएका दुईवटा घटना अभिलेखमा छन्। तर तीमध्ये कुनै पनि बच्चा केही दिनभन्दा बढी बाँच्न सकेनन्।