दाइव्दारा भाइको हत्या

महोत्तरी । महोत्तरीमा घरको देउताबारे विवाद हुँदा एक व्यक्तिले भाइको हत्या गरेका छन्।
स्थानीयका अनुसार जिल्लाको लोहारपट्टी गाउँपालिका–७, भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहको कुटपिटबाट उनका कान्छो भाई ४५ वर्षीय लक्ष्मण साहको मृत्यु भएको हो।
लअभिि

स्थानीय शंकर साहका अनुसार यही जेठ २६ गते घरको देउताबारे विवाद हुँदा रामचन्द्रसहित उनको परिवारले मिलेर लक्ष्मणलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। जनकपुरमा कुनै अस्पतालले भर्ना लिन नमानेपछि उनलाई हेलिकप्टरबाट काठमाडौं लगिएको थियो।

तर उपचारका क्रममा उनको मृत्यु भएको हो। परिवारजन लक्ष्मणको शव लिएर शुक्रबार राति घर फर्केका छन्। कुटपिट गर्ने रामचन्द्र साहसहित उनको परिवारका सबै सदस्य फरार भएका छन्।
स्थानीयले दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन्।