चीनले बनायो संसारकै उचाइमा बुलेट रेल
ल्हासा । चीनले तिब्बतको राजधानी ल्हासादेखि पूर्वी सहर निङ्चीसम्म सबैभन्दा उचाइमा द्रुत गतिको रेलको परीक्षण गरेको छ ।
४ अर्ब ८० करोड अमेरिकी डलरको लागतमा उक्त रेल सेवा निर्माण भएको हो । यो रेल तिब्बतमा पहिलो विद्युतीय रेल र तिब्बतकै द्रुत गतिको भएको जनाइएको छ ।
जुलाई पहिलो तारिखमा मनाइने चिनियाँ कम्युनिष्ट पार्टीको वार्षित्कोसव अवसरमा यो रेल उपहार भएको अधिकारीहरुले जनाएका छन् । यसलाई चीनको ‘प्रोजेक्ट अफ सेन्चुरी’ भनिएको छ ।
तिब्बतको यो रेल मार्गलाई विश्वकै कठिन इन्जिनियरिङ परियोजना मानिएको थियो ।