विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु
भारत । विश्वको सबभन्दा ठूलो परिवारको मुखिया मानिएका ७६ वर्षीय पुरुषको भारतको मिजोरम राज्यमा निधन भएको छ।
बहुपत्नी प्रथा भएको एउटा धार्मिक सम्प्रदायका प्रमुख रहेका जिओना चानाको आइतवार मृत्यु भएको हो।
उनका ३८ श्रीमती, ८९ सन्तान र ३६ नातिनातिना रहेका छन्।
मिजोरमका मुख्यमन्त्री जोरामथाङ्गाले ट्विटरमा ुमन भारीु भएको भन्दै समवेदना प्रकट गरेका छन्। चानालाई मधुमेह र उच्च रक्तचापको समस्या थियो।
चिकित्सकहरूले पीटीआई समाचार संस्थालाई चानाको घरमै स्वास्थ्य बिग्रिएको र आइतवार साँझ मृत अवस्थामा अस्पताल ल्याइएको बताएका छन्।
अन्य व्यक्तिहरूले पनि उनीहरूको परिवार सबैभन्दा ठूलो भएको दाबी गरेका कारण चानाको परिवार नै सबैभन्दा ठूलो रहेको कुरा निर्विवादित भने छैन।