देशभर नयाँ शैक्षिक सत्र सुरु

 

काठमाडौँ । आजदेखि देशभर नयाँ शैक्षिक सत्र सुरु भएको छ । विद्यालय तहको नयाँ शैक्षिक सत्र विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरेर गरिने भएको हो ।

आज देशभरका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु भएको हो । आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो सहज भएको छ ।

कोरोना सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके असार १ देखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य सुरु गर्नुपर्ने छ । अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेखीकरण कार्य विद्यालयले गर्नेछन् ।