इजरायलद्वारा गाजामा हवाई आक्रमण

 

इजरायल । इजरायली वायु सेनाले गाजा क्षेत्रका निशानाहरूमा हवाई आक्रमण गरेको छ।
प्यालेस्टिनी सुरक्षा फौज, प्रत्यक्षदर्शीले दिएका विवरणको इजरायली सेनाले पुष्टि गरेको छ।
हमासले मङ्गलवार बेलुनहरूमा विस्फोटक पदार्थ राखेर दक्षिण इजरायलमा पठाएको भन्दै त्यसको जवाफमा कारबाही गरिएको उल्लेख गरेका छन्।
हमासको एउटा रेडियो स्टेसनले एउटा तालिम केन्द्र पनि निशानामा परेको जनाएको छ।
उक्त उग्रवादी समूहले जेरुसलेममा भएका प्रदर्शनका कारण मङ्गलवारलाई आक्रोशको दिन भनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *