सिन्धुपाल्चोकमा बाढी, एकको मृत्यु, सात बेपत्ता

maitrinews

 

हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदीमा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । बेपत्ता ७ मध्ये ५ जनाको नाम खुलेको र दुई जनाको नाम थर खुल्न बाँकी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।

हेलम्बु गाउँपालिकाको इन्द्रवती नदीको किनारमा एक जनाको शव फेला परेको छ । शव फेला परेको खबर आएपछि स्थानीय प्रहरीलाई त्यहाँ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बताउनुभयो ।

बाढीले हेलम्बुमा ३ वटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ । सो क्षेत्रमा केही झोलुंगे पुल पनि बगाएको छ ।