चीनमा भीमकाय गैँडा

 

चीन । अहिले नयाँ प्रजातिका रूपमा चिनिएको यो प्राचीन गैँडा २.६५ करोड वर्षअघि अस्तित्वमा थियो

पश्चिमोत्तर चीनमा फेला परेको एउटा भीमकाय जीवका अवशेषहरू प्राचीन कालमा विचरण गर्ने एउटा छुट्टै प्रजातिको गैँडाका भएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

ुप्यारासेराथेरिअम लिन्शियाएन्सु नाम दिइएको उक्त जीव २.६५ करोड वर्षअघि अस्तित्वमा थियो। झन्डै २१ टन तौल भएको उक्त गैँडा चारवटा अफ्रिकी हात्तीजत्रो ठूलो र जिराफभन्दा अग्लो भएको वैज्ञानिकहरूको भनाइ छ।

सिङ नभएको उक्त गैँडाले चर्नका लागि सात मिटर अग्ला रूखका टुप्पासम्म टाउको पुर्‍याउन सक्थ्यो।

यो निष्कर्ष गान्सु प्रान्तमा भेटिएका जीवाश्मको अध्ययन गरेर निकालिएको हो।

यसबारे ुकम्यूनिकेशन्स बायोलजीु जर्नलमा प्रकाशित शोधमा वैज्ञानिकहरूले सन् २०१५ मा फेला परेका जीवाश्मको विश्लेषण गर्दा अन्य भीमकाय गैँडाभन्दा यो नितान्त भिन्न प्रजातिको भएको सङ्केत पाइएको जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *