चीनमा भेटियो १ लाख ४६ हजार वर्ष पुरानो मानव खप्पर

maitrinews

 

चीन । चिनियाँ वैज्ञानिकहरूले बिलकुलै नयाँ प्रजातिको मानवको हुनसक्ने प्राचीन खप्पर सार्वजनिक गरेका छन्।

वैज्ञानिक टोलीले यो प्रजाति आधुनिक मानवको हालसम्म थाहा भएका नीयान्डर्टाल र होमो इरेक्टसजस्ता आदिम मानवभन्दा नजिकको पुर्खा भएको दाबी गरेको छ।

ड्रागन म्यान उपनाम दिइएको खप्पर पूर्वी एशियामा कम्तीमा १,४६,००० वर्षअघि जीवित रहेको मानव प्रजातिको भएको बताइएको छ।

सो खप्पर उत्तर(पूर्वी चीनको हार्बिनमा सन् १९३३ मै भेटिएको भए पनि वैज्ञानिकहरूले हालै मात्र पत्ता पाएका हुन्।

सो खप्परको विश्लेषण द इनोभेसन जर्नलमा प्रकाशित भएको छ।

यूकेका मानव विकासविज्ञ प्राध्यापक क्रिस स्ट्रीङ्गर चिनियाँ खप्पर अध्ययन टोलीका एक सदस्य थिए।

ूगएको दश लाख वर्षको जीवावशेषको सम्बन्धमा यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा महत्त्वपूर्णमध्ये एक हो,ू उनले भने।

ूहामीले भेटेको कुरा मानव जातिको एउटा यस्तो हाँगो हो जुन होमो सेपियन्स ९आधुनिक मानव० बन्ने लहरमा थिएन तर यो क्षेत्रमा हजारौँ वर्ष जीवित रहेर अन्ततः लोप हुन पुग्यो।ू

अध्ययनकर्ताहरूका अनुसार यो खोजले मानव विकास इतिहासको पुनर्लेखन गर्न सक्ने सम्भावना बोकेको छ।

उनीहरूको विश्लेषणमा यो प्रजाति नीयान्डर्टालभन्दा नजिक आधुनिक मानव प्रजातिसँग देखिएको छ।