अत्यधिक गर्मीले गाउँभरि डढेलो

maitrinews

 

क्यानडा । एउटा जङ्गली डढेलोले क्यानडाको अहिलेसम्मकै उच्च तापक्रम पुगेको गाउँको ९० प्रतिशत भागमा असर पुर्‍याएको स्थानीय सांसद ब्राड भिसले बताउनुभएको छ ।

ब्रिटिश कोलम्बियास्थित लीटन गाउँ र वरपर रहेका पूर्वाधारमा धेरै क्षति पुर्‍याएको छ । लीटनको धेरै क्षेत्र बाँकी रहने छैन । जताततै डढेलो लागेको छ।
डढेलो जम्मा १५ मिनेटमा पुरै गाउँमा फैलिएको छ ।
यो साता उक्त गाउँमा क्यानडामा अहिलेसम्मकै उच्च ४९.६ डिग्री सेल्सियस तापक्रम पुगेको छ ।