शंभुजीत बासकोटाको निर्देशनमा युगिन गीत-नयाँ भर्सन

काठमाडौं। तीसको दशको युगिन गीत चुपचाप बस तिमी कही पश्चातापको आगोले जलाउंला बोलको अत्यन्त लोकप्रिय गीतको नयाँ भर्सनमा भिडियो सार्वजनिक भएको छ।

युगिन गायक बीआर संगमको कालजयी गायन भएको यस गीतको नयाँ भर्सनमा सत्यराज आचार्यको गायन रहेको छ। मेलोडी किङ शंभुजीत बासकोटाको कालजयी संगीत र बरिष्ठ गीतकार बालकृष्ण सजीवको कालजयी यस गीतको भिडियोमा ख्यातिप्राप्त अभिनेत्री करिश्मा मानन्धर, अभिनेता कृष्ण मल्लको साथमा सञ्जय अधिकारी लगायतकाको अभिनय रहेको छ।

मेलोडी किङ शंभुजीत बासकोटाकै तिलस्मी निर्देशन रहेको गीतको भिडियोमा उत्तम हुमाँगाइँको छायाँकन र प्रविण श्रेष्ठको कलर करेक्सन तथा सम्पादन रहेको छ। पारिवारिक ग्याडरिङको माहोलमा पत्नीको कलेजमेटसंगको भेटको विषयमा कथा उत्थान भएको र सोही कथावस्तु अनुसार श्रीमानले गरेको शंका–उपशंकालाई गीतको भिडियोमा देखाउने प्रयास भएको छ।

https://www.youtube.com/watch?v=ozJtmcOuqQc

Leave a Reply

Your email address will not be published. Required fields are marked *