जनताको आवाज सुन्न विश्व नेतालाई सीको आग्रह

 

चीन। चिनियाँ राष्ट्रपति सी चिनपिङले कोभिड–१९ महामारी, जलवायु परिवर्तन र आतंकवादजस्ता मानवताविरोधी मुद्दामा सबै मुलुक मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक दलको सम्मेलनलाई बेइजिङबाट सम्बोधन गर्दै उहाँले जनताको आवाज सुनेर अघि बढ्न विश्व नेताहरुलाई आग्रह गर्नुभयो ।

विकास नै विश्वका विभिन्न मुलुकको अधिकार भएको बताउँदै उहाँले निश्पक्षता, प्रभावकारिता र तालमेलसहित विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

मानवीय मूल्यमा सहमति प्रवद्र्धन गर्दै अघि बढ्नुपर्छ’ उहाँले भन्नुभयो, ‘शान्ति, न्याय र स्वतन्त्रतासहितको मानवीय मूल्य निर्माण हुनुपर्छ ।’ चीनले चिनियाँ विशेषतासहितको अधिकार नागरिकलाई दिएको समेत उहाँले स्पष्ट गर्नुभयो ।

चीनले १५ औं जैविक विविधता सम्मेलन गर्न लागेको जानकारी दिँदै चिनियाँ राष्ट्रपति सीले सहभागिताका लागि सबै मुलुकलाई आह्वान गर्नुभयो ।