माधव नेपाललाई पार्टीमा ठाउँ छैन : ओली

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका माधव नेपालहरूका कारण एमाले सरकार ढलेको भन्दै कमजोरी स्वीकार गरेर आए पनि माधव नेपाललाई भने स्वीकार गर्न नसकिने बताउनुभएको छ ।
बालुवाटार छाडेर निजी निवास बालकोट पुगेपछि कार्यकर्ता र समर्थकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई पार्टीमा स्थान नरहेको बताउनुभयो । तर, उनीसँग लागेर विपक्षीलाई सत्ता बुझाउनेहरूलाई भने गल्ती स्वीकार गरेर आए यथोचित जिम्मेवारी दिइने बताउनुभयो ।
ओलीले आफ्नो सरकारले सम्पूर्ण नागरिकलाई निःशुल्क खोप दिने क्रम अघि बढाएको र सोही अन्तर्गत चाहिने जति खोप आउने प्रक्रियामा रहेको भन्दै नयाँ सरकारले निःशुल्क खोप दिने भन्दै तमाशा देखाएको आरोप लगाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *