नेपाली रेलको गति परीक्षण गरिँदै
जनकपुरधाम । सरकारले रेल खरिद गरेर ल्याएको १० महिनापछि आज रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गरिँदै छ।
जयनगर(जनकपुर कुर्था रेल्वे ट्रयाकमा आज भारतको इस्ट(सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो।
रेलको स्पिड १२० किलोमिटर प्रतिघण्टा हुनेछ । स्पिड परीक्षणका लागि रेल्वे ट्रयाक खाली गर्न सर्वसधारणसँग अनुरोध गरिएको छ ।
रेल्वे ट्रयाक वरपर चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछोड्न आग्रह गरिएको छ । ट्रयाक आसपासका बस्तीमा माइकिङ समेत गरिएको छ । सूचनाको अवज्ञा गर्दा कुनै दुर्घटना भएमा ब्यक्ति स्वयं जिम्मेबार हुने र कानून अनुसार कारबाहीसमेत गरिने चेतावनी दिइएको छ ।
सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको दुईसेट रेल गत वर्षको असोज २ गते ल्याइसकेको छ । तर कर्मचारी व्यवस्थापन, कानून अभाव र भारतसँग सम्झौतामा ढिलाई लगायतका कारणले हालसम्म रेल सञ्चालनमा आउन सकेका छैन ।
