बस र ट्रक ठोक्किँदा ३० जनाको मृत्यु

maitrinews

 

पाकिस्तान । पाकिस्तानमा भयानक सडक दुर्घटना भएको छ । पंजाब प्रान्तमा सोमबार बस र ट्रक ठोक्किँदा ३० जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा महिला तथा बालबालिका पनि हुन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घटना मुजफ्फरगढको डेरा गाजी खान नजिक इन्डस हाइवेमा भएको हो ।

सियालकोटबाट राजनपुरतर्फ गइरहेको बस दुर्घटनामा परेको डन न्यूजले बताएको छ । दुर्घटनामा मृत्यु भएकाहरु ईद मनाउन आफ्नो घर जाँदै थिए ।

उक्त इलाकाका कमिशनर डा। इरशाद अममदले समयमै राहत र उद्धारको टिम पुगेको बताएका छन् ।

दुर्घटना हुनासाथ स्थानीयले उद्धार गरेका थिए ।