गरिमा ज्ञवाली मिस नेपाल नर्थ अमेरिका २०२१

अमेरिका । अमेरिकामा मिस नेपाल नर्थ अमेरिका २०२१ संपन्न भएको छ। यो बर्षको मिस नेपाल नर्थ अमेरिका न्यूयोर्कमा संपन्न भएको हो। न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२१ को उपाधि गरिमा ज्ञवालीले जितेकी छन् ।

ग्रान्ड फिनालीमा १८ जना प्रतिस्पर्धीलाई उछिन्दै ज्ञवालीले मिस नेपाल नर्थ अमेरिका २०२१ को उपाधि जितेकी हुन् । यस्तै फस्टरनर अप याङ्गछेन लामा र सेकेन्ड रनरअप शुभेच्छा निरौला घोषित भएका छन् ।

मिस नेपाल नर्थ अमेरिका २०२१ मा अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली युवतीहरुले प्रतिस्पर्धामा भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *