सुडानमा सैन्य कूु गर्ने असफल प्रयास

maitrinews

 

सुडान । सुडानमा अपदस्थ भूतपूर्व राष्ट्रपति ‌ओमर अल‍ बसिरका समर्थकहरूले कू अर्थात् सैन्य विद्रोह मार्फत सत्तापलट गर्न गरेको एउटा प्रयास असफल तुल्याइएको त्यहाँको सरकारले जनाएको छ।

ूकू गर्ने एउटा असफल प्रयास गरिएको छ र जनताले त्यसको प्रतिवाद गर्नुपर्छ, मंगलबार सरकारी टेलिभिजनले भनेको छ।

यद्यपि कू गर्ने षड्यन्त्र कसले गरेका हुन् भन्नेबारे रिपोर्टमा खुलाइएको छैन।

राजधानी खार्तुम र ओमडर्मान आसपास क्षेत्रबाट प्राप्त विवरणहरूअनुसार ती क्षेत्रमा बाक्लो सैन्य गतिविधि देखिएको छ र नाइल नदीमाथि रहेका पुलहरू बन्द गरिएका छन्।

समाचार संस्था एएफपीका अनुसार केही मानिसहरूले सरकारी सञ्चारमाध्यमको भवन कब्जामा लिने प्रयास गरेका थिए।

स्थिति नियन्त्रणमा लिन सरकारले आवश्यक कदमहरू चालेको पनि विवरणहरूमा जनाइएको छ।

रोएटर्स समाचार संस्थाले सेनाका प्रवक्ता मोहम्मद अल फाकिलाई उद्धृत गर्दै संदीग्धहरूलाई छिटै नै सोधपुछ गरिने जनाएको छ।

दुई वर्षअघि देशका लामो समयदेखिका शासक ओमार अल(बसिरलाई अपदस्थ गरिएको थियो।

त्यसपछि सत्ता साझेदारी सम्झौता अन्तरगत सेना, गैरसैनिक प्रतिनिधि र विरोध प्रदर्शनकारी समूहहरूको संलग्नतामा अन्तरिम सरकार स्थापना गरिएको थियो।