समिट फर डेमोक्रेसीमा प्रधानमन्त्री देउवालाई बाइडेनको निम्तो

 

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले डिसेम्बरमा हुन लागेको ‘समिट फर डेमोक्रेसी’ सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिएका छन् । उक्त सम्मेलन यसपटक भर्चुअल रुपमा हुँदैछ । उक्त सम्मेलनमा संसारका एक सयभन्दा बढी प्रजातान्त्रिक मुलुकहरुले सहभागिता जनाउने बताइएको छ ।

नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केल्ली किडरलिङले प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटवार्तामा उक्त सम्मेलनको लागि बाइडेनको तर्फबाट निम्तो दिएका हुन् । जवाफमा देउवाले आफू उक्त सम्मेलनमा सहभागि हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

‘सहायक विदेशमन्त्री लुले प्रजातन्त्र सुदृढिकरणमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्न लागेको समिट फर डेमोक्रेसी सम्मेलनमा सहभागीता जनाउने बारेमा प्रधानमन्त्रीले जानकारी दिएकोमा धन्यवाद दिए, परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *