अध्यक्षमा भोट माग्दै भीम रावल

 

काठमाडौं । नेकपा एमालेमा १० महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेका बेला अध्यक्षका दाबेदार भीम रावलले भोट माग्न थाल्नुभएको छ । उहाँले महाधिवेशनको बन्दसत्र हलभित्र प्रतिनिधिसँग भोट माग्न थाल्नुभएको हो । उहाँले प्रतिनिधिसँग आफूलाई विश्वास गरेर भोट दिन आग्रह गर्नुभएको छ ।
यसअघि शुक्रबार साँझ पनिउहाँ आफूले दिएको उम्मेदवारी फिर्ता नलिने बताउनुभयो । केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारीको संख्या बढाएपछि सर्वसम्मत हुने अपेक्षा गरिएको थियो । तर अहिलेसम्म पनि छलफल नहुँदा सर्वसम्मत हुने सम्भावना कम हुँदै गरेको छ ।