कपिलवस्तुमा हैजा

maitrinews

 

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा हैजाको कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धमूमि नगरपालिका ६ महुवाका १३ वर्षीया वालिका सिर्जना यादव ९खुस्वु० रहेकी छिन् । एन्टिजिन परीक्षणमा यादवलाई हैजा देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तु अस्पताल, तौलिहवामा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो । जिल्लामा असोज १८ गते देखिएको फैलिएको हैजाको कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । बुद्धभूमि ७ मानपुरमा असोजको पहिलो साता साढे दुई वर्षको वालिकाको समेत झाडा पखालाको कारण ज्यान गएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका थप तीन पालिकामा हैजा देखिएको बताइएकोे छ । कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेका अनुसार बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा हैजाका रोगी फेला परेका छन् ।

बुद्धभूमिका ५ वडा र मायादेवीको वडा नं। ७ मा कोलेरा एन्टिजिन टेष्ट गर्दा १४ जनामा हैजाको जीवाणु भेटिएको छ । बुद्धभूमिका वडा नं। ५, ६, ७, ८ र १० वडामा विरामी देखिएको बुद्धभूमि नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी गोकर्ण अर्यालले बताउनुभयो ।