एमाले महासचिवमा शंकर पोखरेल सर्वसम्मत

 

सौराहा । नेकपा एमालेको चितवनको सौराहामा जारी दशौं महाधिवेशनको चुनावी प्रक्रियामा महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुनुभएको छ । बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुनुभएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३०१ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् ।