एमालेमा नयाँ नेतृत्व छान्न निर्वाचन सम्पन्न

 

सौराहा । संसद्‌को सबैभन्दा ठूलो दल नेकपा एमालेको दशौँ महाधिवेशनमा मङ्गलवार बिहान ४ बजे मतदान भएको छ।

अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका लागि मतदान भएको एमालेको महाधिवेशनका निर्वाचन अधिकृत रमेश काफ्लेले बताउनुभयो।

मतदानको आरम्भमै अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र भीम रावल तथा अन्य नेताले मतदान गर्नुभएको थियो ।

उपाध्यक्षका छवटा पदका लागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ गरी सात जनाको उम्मेदवारी परेको छ।

यसैगरी सचिव पदमा गोकर्ण बिष्ट, छविलाल विश्वकर्मा, टङ्क कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट उम्मेदवार हुनुहुन्छ ।

सचिवका छवटा पदका लागि नौ जना प्रतिस्पर्धामा छन्।

यो निर्वाचनमा २,१५३ प्रतिनिधि मतदाता छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *