सीताराम पोखरेलको गीतको भिडियोमा काँडा उम्रिएपछि माया र समर्पण

Smrit

काठमाडौं। नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका प्रतिष्ठित गायक सीताराम पोखरेलको यो बर्षको नयाँ गीतको बोल नै काँडा उम्रियो रहेको छ । नेपाली पप म्युजिक फ्लेवरको गजबको नेपाली आधुनिक गीत गायक पोखरेलको काँडा उम्रियो हो ।

यो गीतको म्युजिक भिडियो सोमवारवाट विश्वव्यापी एकसाथ रिलिज भएको छ । पश्चिम नेपालका सुन्दर नगर पोखरा लगायतका रमणिय स्थानहरुमा छायाँकन भएको गीतको भिडियोमा तन्नेरी पुस्ताको मायामा आकर्षण र समर्पण कथावस्तुमा रोमाञ्चक ढंगवाट गजबले प्रस्तुत गरिएको छ।

शर्माको काँडा उम्रिने गीत–संगीतमा यो बर्ष गायक पोखरेलको गायनमा बेग्लै आवाज र दम पाइएको छ । जिवेश गुरुङ, स्मारिका ढकाल लगायतकाको बुलन्द अभिनय रहेको गीतको भिडियोमा मिलन शंकरको छायाँकन र सम्पादन प्रविण भट्टको रहेको छ। निर्देशन नेत्र गुरुङले गरेका छन ।

सीताराम पोखरेलको गीतको भिडियोमा काँडा उम्रिएपछि माया र समर्पण

 

प्रकाशन मिति–२०७८ साल मंसीर २८ गते मंगलवार ।