गुजरात भाइब्रेन्ट समिट स्थगित, प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकियो

 

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कार्यक्रम स्थगित भएको छ । कार्यक्रम स्थगितसँगै प्रमको भ्रमण पनि रोकिएको छ । जनवरी १० र ११ तारिख गुजरातको गान्धीनगरमा उक्त कार्यक्रम हुँदै थियो ।

सम्मेलनका लागि व्यापक तयारी भइसकेको र ५ देशका राष्ट्रपति वा प्रधानमन्त्री साथै १५ जना विदेश मन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरु आउने सुनिश्चित भइसकेको थियो । गुजरात सरकारले कोभिडको बढ्दो संक्रमणलाई जनाउँदै कार्यक्रम स्थगित गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *