६ महिने बालकको विश्व कीर्तिमान

maitrinews

 

छ महिनाका बालकले वाटर स्किइङमा विश्व कीर्तिमान कायम गरेका छन् । अमेरिकाको राज्य उटाहस्थित लेकर पावेलका रिच हम्फ्रीज सबैभन्दा कम उमेरमा वाटर स्किइङ गर्ने पहिलो बालक बनेका छन् । बालकले स्किइङ गरेको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ ।
यसमा देखिए अनुसार ती बालकले बोटबाट कनेक्टिड आइरन रडलाई बेस्सरी समातिरहेका छन् । यस्तै अर्कोतर्फ उनका पिता अर्को डुङ्गामा सवार छन् र उनले बालकलाई हेरिरहेका छन् । ती बालकले लाइफ ज्याकेट पनि लगाएका छन् ।

सुरक्षाका सबै उपाय अपनाएपछि बालकलाई पानीमा उतारिएको हो । यो भिडियोलाई इन्स्टाग्राममा सेयर गरिएको थियो । भिडियोमा हालसम्म लाखौं भ्युज र कमेन्ट आइसकेका छन् ।
यो भिडियोलाई ट्वीटरमा पनि सेयर गरिएको छ । सोसल मिडियामा मानिसहरुले विभिन्न प्रकारका कमेन्ट दिइरहेका छन् । केहीले वाटर स्किइङ गर्नका लागि बालकको उमेर निकै कम भएको बताएका छन् भने कतिले उनका पिताले पूरा सुरक्षाका साथ बालकलाई पानीमा राखेको भन्दै प्रशंसा पनि गरेका छन् ।