माओवादीमा चर्कियो विवाद

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रका तीन नेताहरुले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताबारे तल्लो कमिटी छलफल लैजानुपर्ने माग गर्दै ुनोट अफ डिसेन्टु लेखेका छन् । कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले शुक्रबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा लिखित प्रस्ताव राख्दै तल्लो तहसम्म छलफल लैजानु पर्ने माग गरेका हुन् ।

उनीहरुको प्रस्तावमा व्याख्यात्मक घोषणाको प्रस्ताव पार्टी विधिअनुसार नआएको, एमसीसी राष्ट्रिय हितविपरीत भएको, इन्डो प्यासिफिक स्ट्राटेजीको अंग भएको दाबी छ ।

‘एमसीसी राष्ट्रहितअनुसार छैन । यस विषयमा तल्लो कमिटीतर्फ लगेर छलफल गर्नुपर्छ,’ एक स्थायी कमिटीका सदस्यले भने, ‘पार्टी एकतालाई जोगाइराख्नका लागि विषयमा सबै नेताहरुले ध्यान दिनुपर्छ ।’

शुक्रबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए । दाहालले बाध्यात्मक अवस्थामा एमसीसी अनुमोदन गर्नु परेको बताएका थिए । श्रेष्ठले एमसीसीमा आफ्नो फरकमत रहेको तर पार्टीलाई एक बनाएर लैजानुपर्ने पक्षमा रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *