प्रधानमन्त्री देउवा भारत प्रस्थान
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भ्रमणका लागि शुक्रबार भारत प्रस्थान गर्नुभएको छ । शुक्रबार दिउँसो प्रधानमन्त्री देउवासहितको भ्रमण टोली नेपाल एयरलाइन्सको विमानमार्फत भारत गएको हो ।
देउवाको बिदाइका लागि विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण, प्रधानसेनापति प्रभुराम शर्मालगायतका उच्चपदस्थ अधिकारीहरू पुगेका थिए । प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि रहेका छन् ।
