उर्लाबारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी
मोरङ । मोरङको उर्लाबारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै उर्लावारी नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको हो ।
प्रमुखमा एमालेका गंगाप्रसाद खरेलले १२ हजार १ सय ५६ मत प्राप्त गरेर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका खडग फागोले १० हजार २ सय ९० मत प्राप्त गरी पराजित भए ।
यसैगरी उपप्रमुखमा एमालेकी मिनाकुमारी खतिवडाले १० हजार ७ सय २८ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सीता कार्कीले १० हजार ६ सय ४० मत प्राप्त गरी पराजित भइन् । २०७४ को निर्वाचनमा यहाँ कांग्रेसका खडग फागो प्रमुख पदमा निर्वाचित भएका थिए ।
