प्रतिनिधि सभा बैठक (लाइभ)
काठमाडौं । सङ्घीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक बसेको छ ।
शुक्रबारको बैठकमा पनि आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी छ ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबार र बिहीबारको छलफलमा उठेका प्रश्नहरुको जवाफ आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले दिनुहुने कार्यतालिका रहेको छ ।
सङ्घीय संसद्का महासचिव डा। भरतराज गौतमका अनुसार गृहमन्त्री बालकृष्ण खाणले अध्यादेशसम्बन्धी तीन प्रस्ताव प्रस्तुत गर्नुहुने प्रतिनिधि सभाको कार्यसूचीमा उल्लेख छ ।
