कृष्णभक्त महर्जनको विलकुलै नयाँ गीत ऐ–रेशम रिलिज हुने

काठमाडौं। विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनको विलकुलै नयाँ गीत ऐ–रेशम रिलिज हुने क्रममा रहेको छ। हङकङमा रहेका विश्वविख्यात नेपाली उस्ताद महर्जनको गीत तथा संगीतमा ऐ रेशम बोलको विलकुलै नयाँ नेपाली आधुनिक गीत रिलिज हुन लागेको हो।

सोनम महर्जन र महेश शिल्पकारको युगल गायन रहेको यस गीतको म्युजिक एरेञ्ज तथा मिक्सिङ प्रसिद्ध संगीतकार हरिशरण सायमीले गरेका छन्। यस गीतको भिडियो निर्माणको क्रममा रहेको जानकारी हङकङवाट उस्ताद महर्जनले दिएका छन्।

यसैवीच, उस्ताद महर्जनकै शव्द तथा संगीत रहेको नयाँ गीत नेपालभाषामा रिलिज भएको छ। जसको बोल नै छंगु नुगः जीत ब्यु रहेको छ। जसमा महेश शिल्पकारको एकल गायन रहेको छ। भिडियोमा तिमिला महर्जन, सुदित श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ।