गुडिरहेको बस पल्टिंदा आगलागी, ३१ जना घाइते

बुटवल : नवलपरासी त्रिबेणी गाउपालिका दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।

महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भई सडक छेउँमा पल्टिंदा आगलागी भई घाइते भएका यात्रु मध्य ६ जनाको अवस्था चिन्ताजनक रहेको नवलपुर प्रहरी प्रमुख सन्तोष पाठकले जानकारी दिए ।

सख्त घाइते ६ जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको र अन्यको स्थानीय मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *