प्रि ओपन सेसनमा १.७८ अंकले बढ्यो नेप्से

काठमाडाैं : साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.७८ अंकले बढेको छ ।

अघिल्लो कारोबार दिन गत शुक्रबार १३.०५ अंक बढेर २१४०.५२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७८ अंक बढेर २१४२.३१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१० अंक घटेको छ ।