सेयर बजारमा सामान्य गिरावट, ३२९ करोडको कारोबार
काठमाडौं : सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार बजार परिसूचक नेप्से २.८१ अंकले घटेर २१९३.४३ अंकमा बन्द भएको छ ।
आइतबारसम्म उच्च अंकले बढेको नेप्से सोमबार सामान्य वृद्धि भएपनि मंगलबार सामान्य गिरावट आएको छ । दिनभर तीब्र उतारचढाव देखिएको बजारमा उपसूचकहरुमा भने केही बढ्दा केही घटेको छ ।
मंगलबार कारोबार रकम साढे ३ अर्बबाट तल झरेको छ । दिनभर नेप्सेमा ७८ लाख १३ हजार १०२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ३२ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार ४ अर्ब ६७ करोड ७ लाख ९९ हजार रुपैयाँको कारोबार भएको थियो ।