भदौ ६ गतेदेखि बरुण हाइड्रोपावरको आइपिओ आउने

काठमाडौं : भदौ ६ गतेदेखि बरुण हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गर्नेछ ।

साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

हाल २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।