मन्त्रीपरिषद बैठक बस्दै, आजै निर्वाचन मिति घोषणा हुन सक्ने
काठमाडौँ । आज मन्त्रिपरिषदको बैठक बस्दैछ। आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिहंदरबारमा बस्न लागेको मन्त्रिपरिषद्को बैठकले आगामी निर्वाचनको मिति तय गर्नेछ । बैठकले २ जनालाई सचिव मा बढुवा गर्नुका साथै अर्थ सचिव र अन्य केहि सचिव को सरुवा गर्ने कार्यसुची रहेको छ । बुधवार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा दलहरूले संघीय निर्वाचन मंसिर ४ मा गर्ने सहमति जुटाएका थिए ।
