चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने ६ जना पक्राउ
काठमाडौं : चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती मागेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
चिनियाँ नागरिकलाई दरबारमार्ग क्षेत्रबाट अपहरण गरी नयाँ बसपार्कमा बन्धक बनाएको जिल्ला प्रहरी परिसर काठमाडौं जनाएको छ ।
पक्राउ परेका ६ जना सबै नेपाली हुन् ।
प्रहरीले पक्राउ परेका नागरिकहरु सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।