करेन्ट लागेर एक जनाको मृत्यु

दाङ : दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दङ्गीशरण गाउँपालिका–६ श्रीगाउँमा करेन्ट लागेर गोरखा आरुघाट गाउँपालिका–४ का २६ वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको हो ।

विकलाई बागरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनमा मार्बलको काम गर्ने क्रममा करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो ।

विकको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आज निधन भएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *