नेपाल दुरसञ्चार कम्पनीको तीन करोड कित्ता बोनस शेयर नेप्समा सूचीकृत
काठमाडौं : नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
मंगलबार कम्पनीको ३ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर, मंगलबार नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।