अनेरास्ववियु विचारको नर्सरी हो, हामी यो नर्सरीलाई जोगाई राख्छौँः आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष, अनेरास्ववियु (अन्तवार्ता)

हामी आहा अखिल भन्ने बनाउछौँः आरसी लामिछाने अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेसँग अनेरास्ववियुलाई आहा अखिल भन्ने बनाउने बताउनु भएको छ । मैत्री संवादसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । शैक्षिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खुल्नुपर्ने भए पनि नेपालको राजनीतिमा अनपेक्षित घटना घटाइएका कारण ती मुद्धा ओझेलमा परेको उहाँको भनाई छ । ‘जसका कारण देश नै दुर्घटनातर्फ जाने खतरा बढेको छ,’ उहाँ भन्नुहुन्छ, ‘त्यो खतरा टार्नका लागि हामी जिम्मेवार विद्यार्थी संगठन भएको नाताले चनाखो भएर हामीले त्यहि अनुसारको भूमिका खेल्नुपर्ने अवस्था छ ।’

उहाँले स्थानीय तहको निर्वाचनमा अमूक व्यक्तिहरुलाई जिताउनका लागि अनेक प्रकारका हर्कत भएको भन्दै आगामी निर्वाचनमा ती हर्कत चिर्ने गरी अघि बढ्ने पनि बताउनुभयो । ‘आगामी निर्वाचनमा पनि अहिलेको गठबन्धन विभिन्न हर्कत गरेर अघि बढ्ने छ,’ उहाँले भन्नुभयो, ‘हामी त्यसलाई तोडेर अघि बढ्छौँ ।’ उहाँले अनेरास्ववियु विचारको नर्सरी भएको भन्दै विगतमा अनेरास्ववियुको नेतृत्वमा रहेका हरेक नेता पार्टीको जिम्मेवार तहमा रहेको स्मरण गराउनुभयो । ‘अनेरास्ववियु विचारको नर्सरी हो,’ उहाँले भन्नुभयो, ‘हामी यो नर्सरीलाई जोगाई राख्छौँ ।’