चट्याङ लागेर रौतहटमा तीन जनाको मृत्यु
रौतहटमा : चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ७ बजे गरूडा नगरपालिका–३ मलाहीचोक बस्ने तीन जना महिलाको चट्याङ लागेर मृत्यु भएको हो ।
मृतक सोही ठाउँ बस्ने सुदनीयादेवी सहनी, उनकी १७ वर्षीया छोरी जगियाकुमारी र स्थानीय रूप नारायणकी १८ वर्षीया छोरी मनिषा सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जनाएको छ ।
उनीहरुको गरूडास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै चट्याङ लागेर घाइते भएका एक जनाको सिटी अस्पतालमा उपचार पछि घर फर्केकोे प्रहरीले जनाएको छ ।
उनीहरू चारै जना बिहान सोही ठाउँका शरद सहनीको धानखेतमा काम गरिरहेका थिए ।
