काठमाडौं महानगरपालिका द्वारा डिजिटल होर्डिङ बोर्डमा रोक
काठमाडौं : काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ ।
अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर वर्ल्ड ट्रेड सेन्टरले विज्ञापन गरिरहेको उक्त डिजिटल होर्डिङ बोर्डमा विज्ञापन बन्द गराइएको महानगरले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले उपत्यकामा नक्सा पास विपरीतका संरचना हटाउने अभियान गरिरहेको बेला होर्डिङ बोर्ड हटाउन लागिएको हो ।
