जुङ्गे भट्टराई लाश बनेर आए ।। सवैको आँखामा आँशु नै आँशु ।।।
काठमाडौं। विगत एक बर्षदेखि गृहनगर बैतडीको पाटन बस्दैआएका नेपाली चलचित्र उद्योगमा जुङ्गे भट्टराईको उपनामले ख्यातिप्राप्त चलचित्र कला निर्देशक,भेषभुषा प्रवन्धक उद्धवराज भट्टराईको निधन भएको छ। लामो समयदेखि स्वास–प्रस्वास संवन्धी रोगले ग्रसित जुङ्गे भट्टराईको उपचारको क्रममा काठमाडौं आउने क्रममा शनिवार वाटोमा नै निधन भएको हो।
जुङ्गे भट्टराईका ज्येष्ठ सुपुत्र कुबेर भट्टराईले दिएको जानकारी अनुसार जुङ्गे भट्टराईको वाटोमा नै निधन भएपछि अन्तिम दाह संस्कारका लागि शनिवार दिउंसो २।३० बजे पशुपति आर्यघाट लगिएको छ। शनिवार नै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली सहित दाह–संस्कार हुने जानकारी पनि कुवेर भट्टराईले दिएका छन्। विगत ४४ बर्षदेखि नेपाली कला क्षेत्रमा निरन्तर लाग्दैआएका ६६ बर्षिय कलाकार जुङ्गे भट्टराईको अन्तिम समयसम्म पनि स्वस्थ भएर धेरै बाँच्छु र अझ नेपाली चलचित्र उद्योगमा धेरै काम गर्नुछ भनेर अघिल्लो हप्तामात्र कुराकानीमा भनेका थिए। म शनिवार आउंदैछु, अनि भेटेर कुरा गरौला भनेका जुङ्गे भट्टराई काठमाडौंमा लाश बनेर आएको छ।
सवैको आँखामा बस्दा पनि नबिझाउने अनि सवैले क्यानाम जुङ्गे भट्टराई भनेर चिनिएका उनी अत्यन्त क्रियाशील थिए। चलचित्रमा देखिने असंख्य कुराहरू बनाए उनले । त्यसलाई कतिले सक्कली ठान्थे। नेपाली फिल्ममा पहिरन डिजाइनरका रूपमा काम गरे। नयाँ चलचित्र प्रेमगीत ३’का लागि उनले ९३ वटा नक्कली बन्चरो बनाइदिएका थिए। चलचित्र ‘सेतोबाघ’ फिल्ममा श्रीपेच र शेष नाग उनैले बनाएका थिए । माया पिरती’, ‘प्रेमपिण्ड’, ‘युगदेखि युगसम्म’, राजमतिु, Lord Budha, प्रेम–पिण्डु, मुनामदनु, जय बाबु पशुपतिनाथ’, श्रीस्वस्थानी’ ‘भाग्यरेखा’, ‘सन्तान’ लगायतका थुप्रै फिल्ममा कला निर्देशकका रुपमा काम गरेका थिए । उनले रेडियो नेपालमा देउडा गीत पनि गाएका छन्।
प्रकाशन मिति–२०७९ साल भाद्र १८ गते शनिवार ।