झापाबाट जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
झापा : झापाबाट जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २६ वर्षीय तिर्थराज गेलाललाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरी ईटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।