बलात्कारको मुद्दामा सफाइ दिंदै पल साहलाई ताेकियाे साढे २ वर्ष जेल

काठमाडौं  : एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका अभिनेता “पल शाह”पुर्ण विक्रम साहलाई  नवलपुर जिल्ला अदालतले बलात्कारको मुद्दामा सफाइ दिंदै साढे २ वर्ष जेल सजाय सुनाएको छ ।

अदालतमा यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई बुधवार बलात्कारको मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

अदालतले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश जारी गरेको छ ।

नाबालिगका बाबुले पल साहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा र नवलपरासी प्रहरीमा जबर्जस्ती करणीको अभियोगमा मुद्दा दर्ता गरेका थिए ।