राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी
काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध प्रहरी बृत्त गौशालामा जाहेरी परेको छ । उनीविरुद्ध १७ वर्षीया नाबालिकालाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयले जानाएको छ ।
सन्दीप लामिछानेले एक १७ वर्षै नावालिकालाकालाई बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ। उनीविरुद्ध मंगलबार जाहेरी परेको र सो जाहेरी दर्ता गरेर अनुसन्धान गर्न सुरु भएको छ ।
सन्दीप क्यारेबियन लिग खेल्न जानुअघि बलात्कारको घटना भएको बताइएको छ।
सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
