नेपाल ट्यालेन्ट हन्टको अडिसन शुुरु

काठमाडौंः ‘नेपाल ट्यालेन्ट हन्ट’ नयाँ रियालिटी सोको अडिसन सुरु भएको छ ।

नेपालमै पहिलो पटक आयोजना हुन लागेको विभिन्न प्रतिभालाई समेटेर प्रस्तुत गरिने उक्त सोकोे डिजिटल अडिसन सुरु गरेको हो ।

रियालिटी सोको निर्णायकका रूपमा गौरी मल्ल, निर शाह र सुगम पोख्रेल रहेका छन्।

यो कार्यक्रम शनिबार र आइतबार एपिवान टेलिभिजनबाट प्रसारण हुनेछ ।

अडिसनमा सहभागी हुन चाहने प्रतियोगीले १ मिनेटेखि ३ मिनेटसम्मको भिडियो बनाई ट्यालेन्ट हन्टकाे इमेलमा पठाउनु पर्नेछ।

अडिसन भाद्र २९ गतेसम्म खुला रहने र सोमा विजेता हुने प्रतियोगीले पचास लाखदेखि सम्बन्धित विधामा विभिन्न अवसर पाउन सक्ने आयोजकको दाबी छ ।