महाराजगञ्जबाट फलामलाई सुन बनाएर बेच्ने दुई जना पक्राउ

काठमाडौंः काठमाडौंको महाराजगञ्जबाट फलाममा सुनको लेप लगाएर ‘सुन हो’ भनेर ठग्दै हिँडेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी अभियोगमा पक्राउ पर्नेमा प्रेम बहादुर मगर र तोकमान तामाङ रहेका छन् ।

उनीहरुले ‘सुन हो’ भनेर सस्तोमा बेच्ने बहाना गरेर ठग्ने गरेको जिल्ला प्रहरी परिसरले बताएको छ ।

फलाममा सुन लेपन गरिएको एक किलो धातु प्रहरीले उनीहरुबाट बरामद गरेको छ । प्रहरी वृत्त महाराजगञ्जले यस सम्बन्धी अनुसन्धान गरिरहेको छ ।