ज्यान मुद्दामा फरार व्यक्ति १६ वर्षपछि पक्राउ

काठमाडौं : ज्यान मार्ने अभियोगमा फरार भएका एक व्यक्ति १६ वर्षपछि पक्राउ परेकाे छ ।

काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा सङ्लग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी आइतबार डिल्लीबजार कारागार चलान गरेको हो ।

विसं २०६३ साउन २ गते राति १० बजे साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा गम्भीर घाइते भएका खड्काको उपचारका क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगरलाई विस २०७९ साउन ३० गते कतार प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।