काठमाडौंमा घर हुने र नहुनेको कथा ‘के घर के डेरा’ को टिजर सार्वजनिक
काठमाडौं : आगामी कात्तिक ४ गते प्रदर्शन हुने फिल्म ‘के घर के डेरा’ काे टिजर सार्वजनिक भएको छ।
निर्देशक दीपेन्द्र के खनाल द्वारा निर्देशित फिल्म ‘के घर के डेरा’ को टिजरमा काठमाडौंमा घर हुनेले लुकाउन खोजेको र डेरामा बस्नेले घर किन्न गरेको संघर्षलाई कथामा देखाएको छ।
महेश दवाडीको पटकथा तथा संवादमा तयार गरेकाे फिल्मकाे कथा सिंगे लामाले लेखेका हुन्। फिल्मको सम्पूर्ण छायाङ्कन काठमाडौं उपत्यकामा गरिएको छ।
फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउतका, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।