कांग्रेसको बुई चढेर तेस्रो शक्तिका प्रचण्डले चितवनमा चुनाव जित्न सम्भव छैनः देवी ज्ञवाली (अन्तर्वार्ता)

तपाईँ नेकपा (एमाले)को नेता हुनुहुन्छ । पछिल्लो राजनीतिक अवस्थालाई कसरी नियाल्नु भएको छ ?

अहिले देश दुई ध्रुवमा ध्रुवीकरण हुँदै गएको छ । मंसिर ४ को निर्वाचनको महोल तात्दै गएका बेला ध्रुवीकरणले पनि तीव्रता प्रदान गर्दै गएको छ । एकातिर देशभक्त, प्रगतिशील, राष्ट्रवादी शक्तिहरु खडा हुँदैछन् । अर्कोतर्फचाँहि वैदेशिक शक्ति केन्द्रको निर्देशन, इच्छा र चाहनामा सत्तासम्म जोडिने शक्तिहरु छन् । यो अवस्थामा मंसिर ४ को निर्वाचन एक किसिमको जनमत संग्रह जस्तै हुँदैछ ।

दुई ध्रुवको ध्रुवीकरणमा एमाले कता छ ?

तपाईँ राष्ट्रवादको पक्षमा हुनुहुन्छ वा एमसीसीको पक्षमा ? तपाईँ एसपीपीको पक्षम हुनुहुन्छ वा विरुद्धमा ? तपाई लिपुलेक लिम्पियाधुरा कालापानी कुटी–गुञ्जी नेपालमा फिर्ता गर्न चाहनुहुन्छ वा यो विषयलाई प्रकान्तरले ‘डिरियल’ गर्दै अन्ततः जस्ले कब्जा गरेका छन् उनीहरुकै हितमा लाग्नुहुन्छ ? हो, यो विषय निर्वाचनको मुद्दा हुुनेछ । एमालेले उठाएको मुद्धाबारे नेपाली जनता जानकार छन् ।

बलभद्र कुँवर, भक्ति थापा जस्ता देशभक्तले रगत–पसिना बगाएर निर्माण भएको यो देश सत्ता स्वार्थका लागि, श्रीमतीलाई प्रधानमन्त्री बनाउनका लागि, आफैँ जीवनको अन्त्यमा प्रधानमन्त्री बन्नका लागि राष्ट्रहितलाई तिलाञ्जली दिनेहरुलाई नेपाली जनताले मद्दत गर्नुहुन्छ वा यो देशको समृद्धि, यो देशको स्वाधिनताको रक्षा गर्नेहरुको पक्षमा खडा हुनुहुन्छ ? आगामी निर्वाचनले फैसला गर्छ । हामी जनताको बिचमा यिनै मुद्धाहरु लिएर जान्छौँ । एमाले देशको समृद्धि चाहन्छ । एमाले देशको स्वाधिनताको रक्षा गर्नुपर्छ भन्ने मान्यता राख्छ ।

बलभद्र कुँवर, भक्ति थापा जस्ता देशभक्तले रगत–पसिना बगाएर निर्माण भएको यो देश सत्ता स्वार्थका लागि, श्रीमतीलाई प्रधानमन्त्री बनाउनका लागि, आफैँ जीवनको अन्त्यमा प्रधानमन्त्री बन्नका लागि राष्ट्रहितलाई तिलाञ्जली दिनेहरुलाई नेपाली जनताले मद्दत गर्नुहुन्छ वा यो देशको समृद्धि, यो देशको स्वाधिनताको रक्षा गर्नेहरुको पक्षमा खडा हुनुहुन्छ ? आगामी निर्वाचनले फैसला गर्छ

अहिलेको गठबन्धनले राष्ट्रहितमा काम गरेको छैन भन्ने तपाईँको बुझाई हो ?

देवी ज्ञवाली एमाले हो । देवी ज्ञवाली एमालेको एउटा कार्यकर्ता हो । त्यसैले देवी ज्ञवाली बनावटी कुरा जाँन्दैन । देवी ज्ञवाली विधिभन्दा बाहिर जाँदैन, राष्ट्र र राष्ट्रियताभन्दा बाहिर जान सक्दैन । केही मान्छेहरु तिलस्मी ढंगले भित्र एउटा कुरा बाहिर अर्कै कुरा गर्छन् । उनीहरुको नाटकीय पारा छ । बाहिर जनताका छोराछोरीहरुलाई एउटा ‘ईस्यूज’बाट लडाएर जीवन बर्वाद गरेर युवाहरुलाई अरबका भूमितिर धकेल्दैछन् । एमालेलाई तिलस्मी कुरा गर्न आवश्यक छैन ।

एमाले देशकै समृद्धिबाट नेपाली नागरिकलाई नेपालमै रोजगारी सिर्जना गर्नुपर्दछ भन्ने मान्यतामा विश्वास गर्छ । नेपाल राष्ट्रको स्वाधिनतामा नै हामी सबैको अस्तित्व छ भन्ने मान्यता एमालेको छ, देवी ज्ञवालीको मान्यता पनि त्यहि हो । तिलस्मी कुरा गर्नेहरु विदेशी प्रभुहरुका इशारामा चल्दैछन् । मैले ती व्यक्तिको नाम लिन चाहिन । मैले प्रवृत्तिको कुरा गरेको हुँ । मैले अघि पनि भने, देश«भक्तिको भावना र राष्ट्रिय स्वाधिनताको पक्षमा खडा हुने एकापट्टि हुन्छन् । त्यो भन्दा बाहिर जानेहरु अर्को कित्तामा छन् ।

अहिले सबै भन्दा बढी चर्चामा रहेको भने चितवन र त्यसमा पनि क्षेत्र नम्बर ३ छ । जहाँ माओवादी अध्यक्ष प्रचण्डको दाबी रहिरहेको छ । यो सन्दर्भमा तपाईँको बुझाई के–छ ?

चितवन क्षेत्र नम्बर ३ को सन्दर्भमा कुरा गर्ने हो र स्थानीय तहको तथ्याङ्क हेर्ने हो भने माओवादीको जम्मा भोट १४ हजार हाराहारी छ । यो माओवादीका वडाध्यक्षहरुले प्राप्त गरेको मतको आधारमा हो । त्यसैले उहाँहरु एक्लै चुनाव लड्दा चितवनमा जित्ने कुनै सम्भावना छैन । त्यसैले कांग्रेसको बुई चढेर कांग्रेसको तागतमा आएर प्रचण्डजीहरुले मेरो क्षेत्र बलियो बनाए भन्नुको कुनै तुक छैन । सिङ्गल–सिङ्गल हेर्ने हो भने चितवन ३ मा एमाले पहिलो र बलियो शक्ति हो । मतको आधारमा नेपाली कांग्रेस दोस्रो हो । प्रचण्डले नेतृत्व गरेको माओवादी पार्टी तेस्रो हो । त्यसैले अर्काका पिठिउँ चढेर हिँड्नेहरुको शक्ति के छ भन्ने कुरा प्रष्टै छ । मैले धेरै भनिरहनु आवश्यक छैन ।

सिङ्गल–सिङ्गल हेर्ने हो भने चितवन ३ मा एमाले पहिलो र बलियो शक्ति हो । मतको आधारमा नेपाली कांग्रेस दोस्रो हो । प्रचण्डले नेतृत्व गरेको माओवादी पार्टी तेस्रो हो । त्यसैले अर्काका पिठिउँ चढेर हिँड्नेहरुको शक्ति के छ भन्ने कुरा प्रष्टै छ । मैले धेरै भनिरहनु आवश्यक छैन 

यस्को मतलब चितवनबाट प्रचण्डलाई चुनाव जित्न सजिलो छैन ?

प्रचण्डजी राष्ट्रिय समस्या हो । उहाँ अस्थिरताको पात्र हो । बाम एकताबाट कम्युनिष्ट आन्दोलनलाई एकता गर्ने सपना बोकेर चितवनका जनताले मतदान गरेका थिए । उनीहरुको आशा र विश्वासको दियो निभाउने काम प्रचण्डबाट भएको छ ।

चितवनवासीको भावनामा तुषारापात गरेर प्रचण्डले विदेशीहरुको इच्छामा कम्युनिष्ट पार्टीलाई टुक्रा–टुक्रा पार्ने काम गरे । प्रचण्डले तत्कालिन नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई फौजदारी अभियोग सहितको १९ बुँदे आरोपपत्र लगाएर पार्टी विभाजन गरी नेपाली जनताको चाहनामाथि तुषारापात गरे । प्रचण्डजी सँधैभरि राष्ट्रमा हिंसा, हत्या, आतंक र अस्थिरताको पात्र बनिरहनुभएको छ । माओवादीको बर्बरपूर्ण बाँदरमुढे घटना अहिले पनि चितवनवासी जनताको मानसपटलमा ताजै छ ।

युद्धमा लडाएर सयौं मानिसहरुको जीवन बरबाद पार्ने माओवादी अहिले पनि ती लडाकुहरुको बारेमा चिन्ता गर्दैन । युद्ध लडेका, परिवार भताभुङ्ग बनाएका कार्यकर्ताका बारेमा प्रचण्डलाई सोच्ने फुर्सद छैन । प्रचण्ड परिवारका भाइ–भतिजाको बारेमा, छोरीहरुको बारेमा, आफ्नै मानिसहरुलाई राजकीय सत्तामा पुर्याउने चिन्तामा छन् । हिजो युद्ध लडेका मानिसहरुका बारेमा कुनै मतलब छैन । तीनिहरुको अवस्था कस्तो छ, जीवन कसरी चलिरहेको छ, कसरी बाँचेका छन् । त्यो बारे अलिकति पनि चिन्ता र चासो छैन । त्यसैले स्वार्थपूरक नेतृत्वले राष्ट्रको नेतृत्व गर्न सम्भव छैन । तसर्थ यसपटक चितवनवासी राष्ट्रिय स्वाधिनता र समृद्धिको प्रष्ट लक्ष्यसहित अघि बढेको एमालेलाई विजयी बनाएर पठाउन आतुर छन् ।

मतपत्र च्यातेर मेयर जिताएको इतिहास बनाएको चितवनमा यो पटक पनि सत्तापक्षको गठबन्धनसँग एमाले एक्लै निर्वाचन लड्दै छ । शक्तिको दुरुपयोग गरेर एमालेलाई कमजोर बनाउने खतरा पनि त त्यत्तिकै छ नि ?

एमाले हतियार, सेना, पैसा होइन जनता र जनता मात्रै प्रमुख शक्ति हुन् भन्ने मान्यता राख्छ । केहीले पैसालाई ठूलो ठान्छन् । केहीले राज्यसत्तालाई ठूलो ठान्छन् । केहीले धाँधली र गलत कर्मद्वारा जसरी पनि जित्नुपर्छ भन्ने ठान्छन् । हामी जनताको सेवा, जनताको विश्वास, जनता नै सम्पूर्ण शक्तिको श्रोत हो भन्ने ठान्छौँ । हामी जनता नै यो देशको परिवर्तनको प्रमुख आधार हो भन्ने ठान्छौँ । नेपाली जनतामा सहि के गलत के छुट्याउन सक्ने क्षमता र तागत विकास गर्नुपर्छ भन्ने विश्वास एमालेले राख्छ । त्यो गर्न सकिन्छ भन्ने आत्मविश्वास एमालेसँग छ, हामीसँग छ ।

युद्धमा लडाएर सयौं मानिसहरुको जीवन बरबाद पार्ने माओवादी अहिले पनि ती लडाकुहरुको बारेमा चिन्ता गर्दैन । युद्ध लडेका, परिवार भताभुङ्ग बनाएका कार्यकर्ताका बारेमा प्रचण्डलाई सोच्ने फुर्सद छैन । प्रचण्ड परिवारका भाइ–भतिजाको बारेमा, छोरीहरुको बारेमा, आफ्नै मानिसहरुलाई राजकीय सत्तामा पुर्याउने चिन्तामा छन् । हिजो युद्ध लडेका मानिसहरुका बारेमा कुनै मतलब छैन

कहिलेकाहीँ जनतामा भ्रम पार्न, अल्मल्याउन केही प्रयासहरु हुन्छन् । त्यो सँधैभरि रहँदैन र सम्भव पनि छैन । सार्वभौमसत्ता जनतामा नीहित हुन्छ भन्नुको अर्थ के–हो ? यो भनेको हरेक कुराको फैसला जनताले गर्नेछन् भन्ने हो । चितवनका जनताले प्रचण्डलाई चिनेका छन् । उनका क्रियाकलापलाई राम्ररी बुझेका छन् । त्यसैले नेपालको प्रजातन्त्रलाई सुढृढीकरण गर्न, नेपालको लोकतन्त्रलाई बलियो बनाउन र हाम्रो राष्ट्रलाई समृद्धिको दिशातर्फ अघि बढाउन अस्थिरतावादी शक्तिका प्रतिनिधिहरुलाई पराजित गराउनुपर्छ । यो कुरामा चितवनवासी जनता अघि बढेका छन् । मलाइ विश्वास छ, चितवनका जनताले यो सफलता प्राप्त गर्नेछन् ।

आगामी निर्वाचनमा मुलुकभरी नै एमालेको पोजिसनको अवस्था कस्तो होला भन्ने अपेक्षा गर्नुभएको छ ?

स्थानीय तहको निर्वाचनमा चुनावमा ८–१० वटा पार्टी मिल्दा पनि लोकप्रिय मतमा एमाले पहिलो छ । मंसिरको निर्वाचनका सन्दर्भमा त अझै प्रष्ट गरि धेरै ‘ईस्यूज’हरु ‘ओपनिङ’ भए । नारिकताको सवाल होस या राष्ट्रियताको सवालमा नै होस् । नेपाली जनतामा राष्ट्रका समस्यालाई सम्बोधन गर्न सक्ने सक्षम पार्टी एमाले मात्रै हो भन्ने स्थापित भएको छ ।

हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीको जीवन हेर्नुस त ! बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म पार्टी काम र पार्टी प्रवेश गर्ने मानिसहरुको भेटघाटमा व्यस्त हुनुहुन्छ

त्यसैले यो निर्वाचनमा एमाले एकल बहुमत प्राप्त गर्न सफल हुनेमा कुनै दुइमत छैन । यसो भन्दा कतिपय मानिसलाई विश्वास लाग्दैन होला । तर, पछिल्लो समय हरेक दिन विभिन्न पार्टीका मानिसहरु आफ्नो पार्टी छोडेर एमालेमा प्रवेश गर्नेको लहरले पनि एमालेको शक्ति दिनप्रति दिन बलियो बन्दै गएको संकेत गर्छ । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीको जीवन हेर्नुस त ! बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म पार्टी काम र पार्टी प्रवेश गर्ने मानिसहरुको भेटघाटमा व्यस्त हुनुहुन्छ ।

मधेश होस् या हिमाल वा पहाड पूर्व होस् चाहे पश्चिम सबैतिरको लहर एमालेमा देखिएको छ । एमालेप्रति आकर्षित भएको जनलहरले प्रष्ट भन्छ– एमालेले मंसिर ४ को निर्वाचनबाट एकल बहुमत प्राप्त गर्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *